दफा २९
बिलम्ब शुल्क (डेमरेज) मिनाहा दिने सम्बन्धी कार्यविधि
(१) नियम २८: बमोजिम लागेको विलम्ब शुल्क (डेमरेज) कुनै खास परिस्थिति वा अवस्था सिर्जना भएको कारणले मिनाहा पाउनु पर्ने भनी वस्तु धनीले स्पष्ट कारण खोली आफूसँग भएका आधार तथा प्रमाण समेत संलग्न गरी भन्सार कार्यालयको प्रमुख समक्ष निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि भन्सार कार्यालयको प्रमुखले आवश्यक जाँचबुझ गरी: विलम्ब शुल्क (डेमरेज) आंशिक वा पूर्ण रूपमा मिनाहा दिनु पर्ने देखिएमा मिनाहा दिनु पर्ने स्पष्ट कारण खोली लिखित: निर्णय गरी उपनियम (३) र (६) को अधीनमा रही: मिनाहा दिन सक्नेछ।
(३) यस नियम बमोजिम विलम्ब शुल्क (डेमरेज) मिनाहा दिँदा सम्बन्धित भन्सार कार्यालयको प्रमुखले देहाय बमोजिमको रकमसम्म मिनाहा गर्न सक्नेछ:-
(क) भन्सार कार्यालयको राजपत्र अनङ्रित स्तरको - प्रमुखले पच्चिस हजार रुपैयाँसम्म,
(ख) भन्सार कार्यालयको राजपत्राङ्कित तृतीय श्रेणीको प्रमुखले एक लाख रुपैयाँसम्म,
(ग) भन्सार कार्यालयको राजपत्राङ्कित प्रथम वा द्वितीय श्रेणीको प्रमुखले तीन लाख रुपैयाँसम्म ।
(४) उपनियम (३) बमोजिम भन्सार कार्यालयको प्रमुखले . आफैंले मिनाहा दिन सक्ने हदभन्दा बढी रकम मिनाहा दिनु पर्ने अवस्था देखिएमा भन्सार कार्यालयको प्रमुखले मिनाहा दिने सम्बन्धमा आफ्नो स्पष्ट राय उल्लेख गरी उपनियम (१) बमोजिमको निवेदन समेतका कागजात संलग्न गरी महानिर्देशक समक्ष पठाउनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम आफू समक्ष प्राप्त हुन आएका कागजात उपर जाँचबुझ गर्दा मिनाहा दिनु पर्ने देखिएमा महानिर्देशकले सम्बन्धित भन्सार कार्यालयको प्रमुखलाई त्यस्तो रकम पूर्ण वा आंशिक रूपमा मिनाहा दिन स्वीकृति दिन सक्नेछ।
(६) उपनियम (४) बमोजिम महानिर्देशकको स्वीकृति प्राप्त भएपछि सम्बन्धित भन्सार कार्यालयको प्रमुखले स्वीकृति प्राप्त भए बमोजिमको रकम मिनाहा दिन सक्नेछ।